नेप्से ८.३४ अंकले बढ्यो, साढे ७ अर्ब बढीको कारोबार

२०७७ माघ २२ गते, बिहीबार

माघ २२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) सामान्य अंकले बढेकोे छ । हिजो (बुधबार) नेप्से सामान्य अंकको करेक्सन भएको थियो ।

नेप्सेका अनुसार आज नेप्से ८.३४ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब २६ विन्दुमा पुगेको छ भने आज ७ अर्ब ६१ करोड बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ६ वटा समूह घटेका छन् भने अन्य ६ समूह बढेका छन् ।

आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । जसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी २७ करोड ५३ लाख रुपैयाँसहित अग्रस्थानमा आइपुगेको छ । दोस्रोमा डिप्रोक्स लघुवित्त र तेस्रोमा ग्लोबल आइएमई बैंक परेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal