माशांहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा कोचिदिन्छु : गृहमन्त्री बादल
२०७७ माघ २३ गते, शुक्रबार

माघ २३,काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले माशांहारी आन्दोलन’ गर्नेलाई जावलाखेलको चिडियाखानामा कोचिदिने चेतावनी दिएका छन् । उनले प्रचण्डले ‘माशांहारी आन्दोलन’ गर्ने दुस्साहस गरे कारबाही गर्ने चेतावनी दिए ।
नेकपाको ओली समूहले नारायणहिटी प्रांगढमा गरेको सभामा बोल्दै बादलले भने,‘ ‘माशांहारी आन्दोलन गर्छु भन्नेहरुलाई जावलाखेलको जु मा लगेर हालिनेछ,’ अपराध गर्नेलाई कारबाही गरिनेछ ।’
प्रचण्डले केही हप्ता अघि आन्दोलन अब शाकाहारी नहुने बताएका थिए । उनले समर्थकहरुलाई आक्रामक बन्न भनेका थिए । यसको जवाफमा बादलको पछिल्लो भनाई आएको हो ।