हामी हाम्रो सूर्य चिन्ह लिएर जनताको ताजा जनादेश लिन जान्छौं : उपप्रधानमन्त्री पोखरेल

२०७७ माघ २३ गते, शुक्रबार

काठमाडौं, २३ माघ । कम्युनिष्ट पार्टी (नेकपा) का ओली पक्षधर सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सूर्य चिन्ह लिएर जनताको ताजा जनादेश लिन जाने बताएका छन । ओली समूहले शुक्रबार राजधानीमा गरेको सभामा नेता पोखरेलले भने–‘हामी हाम्रो सूर्य चिन्ह लिएर जनताको ताजा जनादेश लिन जान्छौं ।

त्यस्तै पोखरेलले अराजकता निम्ताउने प्रयास सफल पार्न नदिइने पनि बताए । उनले ‘कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृति र कुण्ठामा बाँचेको माधव प्रवृति’ को गठजोडका कारण मुलुकमा अहिलेको आस्था सिर्जना भएको आरोप लगाए ।

पोखरेलले आफूहरु जनताको फैसला स्विकार गर्न तयार रहेको स्पष्ट पारे। आफूहरु जस्तोसुकै प्रतिकुलतासँग जुधेर भएपनि मुलुकको स्थायित्वको लागि लागिपर्ने पनि उनले विश्वास दिलाए । नेकपा कुन आधिकारिक हो रु भनेर प्रश्न उठेको उल्लेख गर्दै उनले ओलीले नेतृत्वको नेकपालाई कसैले पनि तोड्न नसक्ने उद्घोष गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal