प्रधानमन्त्री ओलीको प्रश्न : मांसाहारी भनेको चिकन चिल्ली खाएर आन्दोलन गर्ने भनेको हो ?

२०७७ माघ २३ गते, शुक्रबार

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले लोकतन्त्र र गणतन्त्र प्राप्तिको लागि आफूले धेरै समय लडेको स्पष्ट बताएका छन् । आज आफ्नो पक्षले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समूहको शाकाहारी आन्दोलनले हुँदैन भनेको के हो ?, चिकन चिल्ली खाने भनेको हो ? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो ? उनले भने नरभंक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन’ ।

उनले भने–‘जसले हिजो आधा दशकभन्दा बढि समय गणतन्त्रको लागि लड्यो । लोकतन्त्रको लागि लड्यो। सामाजिक न्याय र समानताको लागि लड्यो । त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ अरे । संघीय लोकतान्त्रिक गणतन्त्र प्रणालीलाई कसैले केही गर्छु भनेर नसोचे पनि हुन्छ । हामीले यो व्यवस्था लडेर र बलिदानी दिएर ल्याएका छौं । सरकार कार्यान्वयन गरेर अघि बढ्छ । विकासमा यसले बाधा दिएको छैन् ।’

ओलीले आफूहरुलाई ललकार्ने काम भएकाले बाध्य भएर सकडमा आएको बताए । ‘दुईरचार हजार मानिस जम्मा गरेर हामीलाई ललकार्ने काम भएकाले हामी सडकमा आएका हौं । बाध्यताबस आएका हौं । कार्यक्रम गर्नै पर्ने अवस्था आयो,’ उनले भने, ‘आजको सभा कास्टिङको रुपमा हो । सबै सडकमा लाउड स्पिकर राखेर आमसभा गर्नुपर्ने अवस्था आउँछ । आलोचक मित्रहरुलाई मन थामेर बस्नुस् । हेर्दै जानुस्, नेपाल कता जान्छ । नेपाललाई समाजवाद उन्मुख हुनबाट, सामाजिक न्यायसहितको देश बनाउनबाट कसैले रोक्न सक्दैन ।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal