बोल्दाबोल्दै प्रधानमन्त्री ओली आँखाभरी आँसु, गला अवरुद्ध गर्दै भने- आँखाबाट आँसु पो आयो

२०७७ माघ २३ गते, शुक्रबार

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् । आज नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली आँखाभरी आँसु निकालेका थिए। गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागे ।

उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे । उनले गला अवरुद्ध गर्दै भन्नपुगे,‘आँखाबाट आँसु पो आयो ।’ उनले चीसोले आँसु आएको भने । आँखाभरी आँसु आएपछि ओली एकछिन भावविव्हल भएका थिए । उउनले आँसु सेतो रुमाल झिकेर आँसु पुछेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal