गृहमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भीम रावलले भने : निरंकुशतन्त्र ढल्छ

२०७७ माघ २३ गते, शुक्रबार

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरेको टिप्पणी गरेका छन्।

ओली पक्षको सभामा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले मांशहारी आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने चेतावनी दिएपछि रावलले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन्–”प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ ।निरंकुशतन्त्र ढल्छ।“

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal