भाषण गर्दा गर्दै ओलीले सोधे–जनता के चाहन्छ ? भीडबाट जवाफ आयो – चुनाव !

२०७७ माघ २३ गते, शुक्रबार

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार काठमाडौंमा भएको जनसभालाई सम्बोधन गर्दै जनताले चुनाव चाहेको बताएका छन् । उनले सभामा सहभागिलाई सोध्दै भने–जनता के चाहन्छ ? भीडबाट जवाफ आयो, ‘चुनाव चाहियो..’ त्यसपछि ओलीले अब अस्थिरता होइन जनताले चुनाव चाहिएको भन्दै देश चुनावमा होमिएको बताए ।

उनले देश चुनावतर्फ गएको भन्दै कसको नेतृत्वमा सरकार बन्छ भन्ने जनताले नै फैसला गर्ने बताए । ‘अब देशक चुनावतिर गयो गयो सबै कुरा चुनावले फैसला गर्छ’, उनले भने । सो क्रममा नेता कार्यकर्ताले ओलीको समर्थनको नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री ओलीले संसद्लाई पंगु बनाउन खोजिएपछि चुनावमा जानु परेको संसद्लाई पंगु बनाउन खोजिएपछि चुनावमा जानु परेको बताए । ‘संसद्लाई ठीक ढंगले चल्न दिनुभएन । संसदलाई पंगु बनाउन थाल्नुभयो । पहिलाजस्तै किनबेचको, समीकरणको, जोडजामको राजनीति गर्न खोज्नुभयो । काम गर्नै नपाउने अवस्था आएपछि ताजा जनादेशका लागि जानुपर्यो,’ जनता के भन्छ, अब सबै सुने होलान् ।’ओलीको भनाई थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal