चार-पाँच दिन नसुतेर, नखाएर भए पनि जनता उतार्नुपर्यो : प्रचण्ड

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाररपाँच नसुतेर, नखाएर भए पनि जनतालाई सडकमा उतार्नुपर्ने बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित कार्यकर्ता भेलामा ‘प्रचण्डले भने, ‘ललितपुरबासी गर्जेर उठ्नुपर्यो, चाररपाँच दिन नसुतेर, नखाएर भए पनि जनतालाई उतार्नुपर्यो,’ । माघ २८ गते जुट्दा नयाँ उचाइका साथ अगाडि बढ्नुपर्यो।’
‘पार्टी विभाजन भइसक्यो! केपी ओलीले नै विभाजन गरेका हुन्,’ उनले भने, ‘हामीले त पार्टी विधिअनुसार अगाडि बढाइरहेका छौं।’
त्यस्तै प्रबचण्डले ओलीको हातमा नेतृत्व गएपछि संविधानमाथि प्रहार भएकोले पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेर त्यो जानकारी निर्वाचन आयोगलाई दिइएको बताए।