ओलीले असंवैधानिक कदम सच्च्याए मात्र कांग्रेस चुनावमा जान्छ : नेता पौडेल

२०७७ माघ २३ गते, शुक्रबार

काठमाडौं, २३ माघ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडैलले पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम सच्च्याएपछि मात्र कांग्रेस चुनावमा जाने बताएका छन् । कांग्रेस रामपुरले बेझाडमा शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले संविधान नरहे चुनाव नहुने भएकाले चुनाव संविधानमा टेकेर मात्र हुने बताए ।

‘संविधानलाई पहिला बचाउने र असंवैधानिक कदमलाई सच्याएपछि मात्र चुनावमा जान सकिन्छ,’ उनले भने, ‘संविधान नबच्ने हो भने चुनाव लड्नुको औचित्य छैन । त्यसैले असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जाने सन्देश बोकेर हिँडेको छु ।’

यतिबेला चुनाव लड्ने हो भने कांग्रेसलाई फाइदा होला तर विधि र प्रक्रियाअनुसार चुनाव हुनुपर्छ भन्ने कांग्रेसको माग रहेको उनको भनाइ थियो । ‘कांग्रेस चुनावबाट कहिल्यै भागेको छैन र भाग्दैन,’ उनले भने ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal