संवैधानिक निकायमा नियुक्तिको मुद्दामा सर्वोच्चले दियो कारण देखाऊ आदेश

२०७७ माघ २३ गते, शुक्रबार

काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई किन नियुक्ति गरेको भन्दै राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउन आदेश दिएको छ।

संसदीय सुनुवाइ बिनै संवैधानिक अंगमा नियुक्ति गर्नु संविधानविपरीत भएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश दिएको हो।

सरकारले गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि सोही दिन संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस गरेको थियो। वरिष्ठ अधिवक्ता त्रिपाठीले उक्त नियुक्तिलाई चुनौती दिँदै बदर गर्न माग गरी रिट दिएका हुन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal