डा. केसीको नेतृत्वमा नागरिक सडकमा, प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा काठमाडौंमा नागरिक प्रदर्शन गरिएको छ । नागरिक प्रदर्शनको नेतृत्व चिकित्सा सुधार अभियन्ता डा.गोविन्द केसीले गरेका छन ।प्रदर्शनकारीहरूले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले सरकार स्वेच्छाचारी बनेको आरोप लगाउँदै सरकारलाई खबरदारी गर्ने बताएका छन् ।
माइतीघरमा गरिएको प्रर्दशनमा सहभागीहरूले ‘सर्वसत्तावाद मुर्दावाद’, ‘लोकतन्त्र मास्न पाइँदैन’, ‘नागरिक अगाढि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’, ‘सवैधानिक सर्वोच्चता कायम गर’, ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरङ्कुस सरकार चाहिँदैन’ लगायतका नारा लेखेका पोस्टर बोकेका थिए । नागरिक प्रदर्शनमा पत्रकार, कलाकार, समाजसेवी, बुद्धिजिवी, विद्यार्थी लगायतको सहभागी थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal