प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस निकट संगठनद्वारा टुँडिखेल घेराउ

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेस निकट संगठनहरुले टुँडिखेल घेराउ गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् ।

नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभा विघटन गर्नुलाई गलत कदम भएको भन्दै यसको विरोधमा देशभर प्रदर्शन गर्दै आएको छ। प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्दा मुलुकलाई ठूलो आर्थिक व्ययभार परेको कांग्रेसको निष्कर्ष छ । सरकार देशमा भएका समस्याहरूप्रति गैरजिम्मेवार र संवैधानिक र विधिको शासनप्रति संवेदनशील र उत्तरदायी नभएको उनीहरूको ठहर छ ।

कांग्रेसले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्नुलाई भत्र्सना गर्दै जनताको सवोत्तम हितको रक्षा, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकारको रक्षा र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि सबैसँग अपिल गरेको छ ।

यसअघि कांग्रेसका भातृसंगठनहरूले प्रतिनिधिसभा विघटनको विरोधमा माघ १९ गते देशभर विरोध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि देशभर यसको विरोधमा प्रदर्शन भइरहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal