दुई तिहाइ सरकारले काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा : रामचन्द्र पौडेल

माघ २४, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको बताएका छन् । दमौलीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो दावी गरेका हुन ।
वरिष्ठ नेता पौडेलले पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राखेका छन । उनले भने, ‘एक वर्ष म्याद थप्न पाउने अवधि पनि सकिन लाग्यो, माघ मसान्तभित्र क्रियाशील सदस्यता टुङ्गो लगाएर अधिवेशन गर्ने तर्फ लाग्नुपर्छ ।’
‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ’, पौडेलले भने । कांग्रेसको आगामी महाधिवेशनमा सभापतिबारे सोधिएको सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ नेता पौडेलले अहिल्यै त्यसबारेमा बोल्ने बेला नआएको टिप्पणी गरे ।