सुकुम्बासीको हातमा लालपूर्जा दिन सरकार आतुर छ : मन्त्री तुम्बाहाङ्फे

माघ २४, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीहरूको हातमा पूर्जा दिन सरकार आतुर रहेको बताएकी छिन।
शनिबार काठमाडौंमा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिले आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाङ्फेले सरकार प्रत्येक सुकुम्बासीहरूको हातमा पूर्जा दिनका लागि आतुर रहेको बताउनुभयो ।
मन्त्री तुम्बाहाङ्फेले सुकुम्बासीहरूको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्न सक्ने भएकाले आयोगका पदाधिकारीहरूले नियमन गर्न निर्देशन समेत दिएकी छिन। गलत मानिसको हातमा पूर्जा दिलाउन विभिन्न समूह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी आयोगले लिनुपर्नेमा मन्त्री तुम्बाहाङ्फेको भनाई थियो ।