आगामी निर्वाचनको जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउछ : पूर्वमन्त्री बाँस्कोटा
२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचन मार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन्। बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरेका हुन।
उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको पनि बताए। उनले आफ्नै सांसद पद खुस्के पछि सरकारविरुद्ध सडकमा स्वार्थी ‘होहल्ला मच्चाएको ओरोप समेत लगाए।