म्यानमारमा सैन्य ‘कू’ को विरोध आन्दोलनमा शिक्षक र विद्यार्थीहरुको पनि साथ

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा शुरु भएको नागरिक अवज्ञा आन्दोलनमा शिक्षक र विद्यार्थीहरुले पनि साथ दिएका छन् ।

यांगुनको डागन विश्वविद्यालयका विद्यार्थीहरुले नेतृ आङ साङ सूचीको पार्टीको रातो रंगको रिबन बेरेर पक्राउ गरिएका सबैलाई तत्काल रिहाइ गर्न माग गरेको छन । उनीहरुले प्रजातान्त्रिक संस्थाहरु पुनःस्थापना, हिंसालाई प्रश्रय नदिन र पूर्णरुपमा मानव अधिकारको सम्मान गर्न माग गरेका छन् ।

गत सोमबार सेनाले सत्ता हत्याएपछि सूची र अरु नेताहरु पक्राउ गरेको थियो । आङ साङ सूचीलाई घरमै नजरबन्दमा राखिएको छ। शुरुमा ‘कू’ पछि केही शान्त जस्तो देखिएको म्यानमारमा पछिल्लो समय विस्तारै विरोधहरु भैरहेका छन् । विभिन्न भागहरुमा मानिसहरु सडकमा ओर्लिएर कु को विरोध गरेका छन् । एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal