ट्रम्पलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धि संवेदनशील सूचना दिदैनौ : राष्ट्रपति बाइडेन

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषयको ब्रिफिङ्ग दिन नहुने बताएका छन । ट्रम्पको अनिश्चित व्यवहारका कारण उनलाई संवेदनशील सूचनाहरूको जानकारी दिनु उपयुक्त नहुने बाइडनले बताएका हुन ।

अमेरिकामा पूर्व राष्ट्रपतिहरूलाई शिष्टाचारको रूपमा राष्ट्रिय सुरक्षासम्बन्धी विषयहरूमा जानकारी दिने परम्परा रहेको छ । सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति बाइडेनले सो परम्परा ट्रम्पका हकमा लागू नहुने बताए। गोपनीय सूचनाहरू आफूमा मात्रै सीमित गर्ने ट्रम्पमा क्षमता छ भन्ने विश्वास गर्न नसकिने राष्ट्रपति बाइडेनको भनाइ छ । एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal