कृषि कानुनको विरोधमा भारतका किसानद्वारा चक्काजामको घोषणा

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । भारतमा कृषि कानुनको विरोधमा किसानहरुले आज चक्काजामको घोषणा गरेका छन्। उनीहरुले दिउंसो तीन घण्टा देशभर चक्काजामको घोषणा गरेका हुन् । भारतमा महिनौं देखि किसानहरु आन्दोलनरत छन् ।

सरकारले सार्वजनिक गरेको कृषि कानुन फिर्ता लिनुपर्ने उनीहरुको माग छ । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्नेगरि ल्याइएको कानुनले पुस्तौदेखि परम्परागत कृषि पेशामा जीवन भोग्दै आएका किसानहरु विस्थापित हुने आन्दोलनरत किसानहरुको तर्क छ ।

यसैबीच संयुक्त राष्ट्रको मानवाधिकार निकायले भारतमा किसान आन्दोलनलाई लिएर प्रशासन र प्रदर्शनकारी दुवैले अधिकतम संयमता अपनाउन अपील गरेको छ ।
जनवरी २६ मा भएको हिंसालाई मध्यनजर गर्दै भारत सरकारले दिल्लीको सीमा र शहरमा सुरक्षा व्यवस्था कडा पारेको छ।
एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal