बक्सर खेलाडी हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिने

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिने भएका छन् । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने के वान महोत्सवमा उनले जापानका चर्चित बक्सर कोतुसँग समेत भिडन्त गर्ने भएका हुन । ।

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । एक्काइस वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँगको प्रतियोगितामा भने पराजित भएका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal