महिला लिग : आर्मीले चौदण्डीगढीलाई ९–० ले हरायो

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले हराएको हो ।

आर्मीका रश्मी घिसिङले ४ गोल गरिन् । यस्तै सर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एकरएक गोल गरे । आर्मीले एक गोल आत्मघाति उपहार पाएको थियो ।

जितसँगै आर्मीले ७ खेलबाट १६ अंक जोडेको छ । लगातार सातौं हार व्यहोरेको चौदण्डी पुछारमा रहेको छ । महिला लिगमा आजदेखि दोस्रो चरणको खेल सुरु भएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal