माटोको ढिस्कोले पुरिएर कैलालीमा तीनको मृत्यु, २ घाइते
२०७७ माघ २४ गते, शनिबार

माघ २४, टीकापुर । माटोको ढिस्कोले पुरिएर कैलालीमा शनिबार तीन जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन । जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा उनीहरुको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार मृत्यु हुनेमा पूर्वी खैरीफाटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक रहेका छन् ।
उक्त घटनामा परी काजल विक र अञ्जु जैगढी घाइते भएका छन । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।