निर्वाचनबाट मात्रै राजनीतिक स्थिरता कायम हुन सक्छ : मन्त्री श्रेष्ठ

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचनमा जानु परेको बताएका छन् । उनले निर्वाचनबाट मात्रै राजनीतिक स्थिरता कायम हुने दावी गरे ।

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन गर्दै मन्त्री श्रेष्ठले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम हुने विश्वास व्यक्त गरे।

उनले भने,’निर्धारित समयमा चुनाव हुन नसकेमा देश सङ्कटको भुमरीमा फस्स त्यसैले बैशाख १७ र २७ गते चुनाव हुन्छ, सवै ढुक्क भए हुन्छ । उनले देश र जनताका पक्षमा क्रियाशील सरकारलाई घेराबन्दी गरिएका कारण समस्या आएको विचार व्यक्त गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal