मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो, जनताको निर्णय नै अन्तिम निर्णय : अर्थमन्त्री पौडेल

२०७७ माघ २४ गते, शनिबार

माघ २४, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन। पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताए ।

“निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”, उनले भने, “तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।” मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट परे ।

“केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन्”, उनले भने, “निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु ।” उनले मुलुकमा कुनै समस्या पर्यो र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको उल्लेख गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal