राष्ट्रिय पुंजीपतीहरुको निर्माणको आधार पुँजीबजार

विश्वका विकसित मुलुकलाई हेर्ने हो भने सवल क्षमतावान, देशभक्त नागरीक उत्पादन गर्नमा ठुलो बजेट लगानी गरेको हुन्छ । सोही लगानीको प्रतिफल वापत राज्यले दक्ष जनशक्ति प्राप्त गर्दछ । दक्ष जनशक्तिले आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, राजनैतिक यी यावत क्षेत्रमा प्रतिनिधित्व गर्दै देशलाई विकास निर्माणमा कायापलट गर्दछ ।
आजको विज्ञान प्रविधिको युगमा आएर पनि विश्वकै प्राकृतिक स्रोत–साधनमा धनी देश हाम्रो नेपालले तिव्र विकासको गति समात्न नसक्दा दुःख लाग्छ । यस्तो परिस्थिती हुनुमा म देशको एक आम नागरीक हुनुले त्यसको थैरै भएपनी दोष ग्रहण गर्न चाहान्छु । जब म आफै विश्वमा ३० भन्दा बढि देशको भ्रमण साथै अमेरीकाको हरेक ५० वटै स्टेटका हरेक शहर घुमे तब मेरो देश नेपाल कसरी विश्वकै अर्थतन्त्रको केन्द्रविन्दु बनाउन सकिन्छ भन्नेमा ठोस रुपमा योजना बनाउन सक्ने हो भने मेरो देश नेपाललाई पनी विकशित राष्ट्र बनाउन सकिन्छ भन्नेमा म पुगे ।
हामी नेपालीले हाल जुन प्रकारको शिक्षा लिदै आएका छौं त्यो सैद्वान्तिक हिसावले ठिक होला तर व्यवहारिक तवरबाट हेर्ने हो भने अत्यान्तै औचित्यहीन देखिन्छ । हामी नेपालीको जम्मा १२ वर्ष पढेमा पुग्ने खालको कोर्स निर्माण गरीनुपर्दछ । मुख्यत हाइड्रो, कृषि र पर्यटन क्षेत्रसंग सम्बन्धित विषयमा शिक्षण सिकाई क्रियाकलाप गरीनु पर्दछ । देश निर्माणको प्रमुख आधार भनेकै शिक्षा भएको हुनाले राज्यले पुर्णत निशुल्क गरीनुपर्दछ । सैद्वान्तिक र व्यवहारीक दुवै पक्ष मेल खाने शिक्षा निति अवलम्बन गरेमा, राज्यले नै दक्ष जनशक्ति प्राप्त गर्न सक्दछ ।
फलस्वरुप शिक्षा, स्वास्थ, विकास निर्माण लगाएत क्षेत्रमा विकसको गतिले तिव्रता पाउने थियो ।
जव समस्त नागरीक शिक्षित एवम दक्ष हु्न्छन सोहि अनुसार जनप्रतिनिधि समेत प्राप्त हुन र अहिलेको जस्तो राजनितिक अस्थिरता देशले कहिल्यै व्योहोर्नु पर्ने थिएन ।
आर्थीक क्षेत्रमा देशले तिब्रता हासिल गर्न राज्यले राष्ट्रिय पुँजीपती उत्पादन गर्नुपर्दछ । हाम्रो देशले हिमालमा पर्यटन,पहाडमा हाइड्रो र तराईमा कृषि क्षेत्रमा व्यापक लगानी बढाउनु पर्दछ । यी क्षेत्रम लगानीको स्रोत जुटाउन हरेक नागरीक संग सानो–सानो पुँजी संकलन गरेर सो पुंजी बरावरको सेयर जारी गर्दै संकलित पुजी पारदर्शीता सहित लगानी गरीनु पर्दछ ।
जव पर्यटन, कृषि, हाईड्रोले उत्पादन दिन थाल्दछ, देशको कुल ग्रहस्थ उत्पादनमा समेत तिब्र बृद्वि आउँदछ । यसो हुनु भनेको लगानीमैत्रि वातावरण बन्दै गएर नागरीक र सरकारविच झन बलियो सम्बन्ध बन्नु हो । फलस्वरुप विदेशी लगानीकर्ता समेत लगानीको लागि थप आकर्षित हुदै जानेछन । नागरीकले गरेको थोरै लगानीले समेत मनग्य नाफा दिन थाल्दछन । सानो पुजीमै प्राप्त सेयरको मुल्य आकाशिदै गएर नागरीक अरु थप लगानी क्षेत्र खोज्दै लगानीको दायरा विस्तार गर्दछन ।
अन्तत राज्यले कर वापत ठुलो आम्दानी प्राप्त गर्ने थियो । तसर्थ राज्यले राष्ट्रिय पुजीपति निर्माण गर्ने कुरामा पुजीबजारलाई नै प्रमुख आधार मानेर सोही अनुसारको निति निर्माण गरीनु पर्दछ । यसो गरीएमा हाम्रो मुलुक स्वीजरल्याड, जापान जस्तै विश्वले नै उदाहरणीय नामको रुपमा नेपाल भन्दै भ्रमण गर्ने थिए । विश्वकै इमान्दार, मेहनेती, कर्मठ हामी नेपाली पनि गाईले हात्ति पिट्दै विर पुर्खाको गाथा गाउदै सगरमाथाको अटल एवंक उचो शिर गर्दै विश्वभर लम्कीरहने थियौ, चम्कीरहने थियौं । जननी जन्म भुमिष्च स्वर्गादपी गरियषी ! (लेखक पुँजीबजार लगानीकर्ता संघका पुर्व अध्यक्ष हुन, हाल उनी अमेरीकामा छन )