सुर्तीको सेवनबाट १९ हजार नेपालीको मृत्यु

२०७७ माघ २५ गते, आईतवार

माघ २५, काठमाडौं । तथ्यांकअनुसार विश्वमा १ करोड ८१ लाख नयाँ क्यान्सरका रोगीहरू रहेको मानिएको छ । तीमध्ये वार्षिक ९६ लाखको मृत्यु हुने गर्दछ । नेपालमा क्यान्सर रोगीको तथ्यांक ६० हजारको हाराहारीमा रहेको छ । त्यसमा प्रत्येक वर्ष करिब २६ हजार थपिने गर्दछन् । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले हरेक ६ मृत्युमध्ये १ मृत्यु क्यान्सरबाट हुने बताउँछ । बालबालिकामा विश्वमा झन्डै ९० प्रतिशत क्यान्सर निको हुने भए पनि नेपालमा कान्ति अस्पतालमा ७० प्रतिशतसम्म मात्र निको भएको देखिएको छ । वार्षिक १ हजार ५ सय बालबालिकामा क्यान्सर हुने गरे पनि उपचारको पहुँचमा ४ सय मात्र छन् ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने रोगको उपचारमा वार्षिक ४० अर्ब बढी खर्च र कुल गार्हस्थ्य उत्पादनको १.५ प्रतिशत खर्च हुने गरेको छ । अध्ययनमा प्रमुख रोगमा क्यान्सर र श्वासप्रश्वाससम्बन्धी छ । क्यान्सर उपचारमै १६ प्रतिशत बिरामीले जायजेथा गुमाउन परेको र उपचार खर्चमा वार्षिक औसत आम्दानीभन्दा ५ गुणा बढी देखाएको छ । क्यान्सर उपचारमा ८६ प्रतिशतले आर्थिक कठिनाइ भोग्न बाध्य छन् भने १४ प्रतिशत ऋण लिन बाध्य छन् । सरदर साढे ३ लाख बढी खर्च उठने गर्छ ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने रोगको उपचारमा वार्षिक ४० अर्ब अर्थात् कुल गार्हस्थ्यय उत्पादनको १.५ प्रतिशत खर्च हुने गरेको छ । विश्वको ठिक उल्टो नेपालमा पुरुषभन्दा महिलामा बढी क्यान्सर भएको एक अध्ययनले देखाएको छ । क्यान्सरसम्बन्धी उपचार हुने ८ अस्पतालमा सन् २००३ देखि २०१२ सम्ममा उपचार भएका ५६ हजार १३ जनाको अध्ययनबाट उक्त निष्कर्ष निकालिएको हो । कुल बिरामीमध्ये ५३.४ प्रतिशत महिला र ४६.६ प्रतिशत पुरुष थिए ।

अधिकांश महिलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर पाइएकोमा पाठेघरको मुखको क्यान्सर भएकामा कम उमेरमा बिहे, धेरै सन्तान जन्माउने र अत्यधिक धुम्रपान सेवन गर्ने थिए । चिल्लो तथा जंकफुड धेरै खाने सहरीया महिलामा स्तन क्यान्सर देखिएको थियो । पुरुषमा भने सुर्तीजन्य पदार्थ सेवनका कारण फोक्सोको क्यान्सर प्रमुख देखिएको छ भने अन्य क्यान्सरमा मुखको, घाटीको, मिर्गौलाको, पिसाब थैलीको देखिएको छ ।

विश्वमा देखिएका प्रमुख रोग औलो, क्षयरोग र एचआईभी÷एड्सभन्दा बढी व्यक्तिको क्यान्सरबाट मृत्यु हुने भएकोले अझै पनि चुनौतीका रूपमा जनचेतनाको कमी, समयमा निदान हुन नसक्नु, उपचार अन्य चिकित्सकबाट गरिनु, सुविधाको पहुचको कमी र उन्मुलनतर्फ नयाँनयाँ उपायको खोजी, रोग लाग्न नदिन विभिन्न चेतनामूलक कार्यक्रममा थप जोड दिनुपर्ने भएको छ । जीवनशैलीमा सकारात्मक परिवर्तन गरे ४० प्रतिशत क्यान्सर रोकथाम हुन्छ ।

जसका लागि सामान्य उपाय नै पर्याप्त हुन्छन् । त्यसैमा सकारात्मक सोच र सामान्य उपचारले पनि क्यान्सर रोक्न सकिन्छ । दिनहु“ ३० मिनेटको व्यायामले स्तन, कोलोन र अन्य क्यान्सरबाट बच्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । स्तनमा गाठागुठी आफैंले सहज रूपमा परीक्षण गर्न सकिन्छ भने गर्भाशयको मुखको क्यान्सरको सम्भावना नियमित संक्रमणको परीक्षणबाट सहजै थाहा हुन्छ । दैनिक फरकफरक ताजा फल र सब्जी ४-५ सय ग्राम उपयोग गर्दा तथा दैनिक भोजनमा वनस्पतिको उपयोग बढाउ“दा क्यान्सर रोक्न सकिन्छ ।

९० प्रतिशत क्यान्सर सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपिन र रहनसहन, वातावरणीय प्रदूषण इत्यादिको कारणले हुने भएकाले यस रोगलाई समयमा नै प्रभावकारी ढंगले क्यान्सर रोकथाम तथा नियन्त्रणका कार्यक्रम सञ्चालन गरी नियन्त्रण गर्न सकिन्छ । सुर्तीजन्य पदार्थको उत्पादन, वितरण र प्रयोग बन्दै गर्नुपर्छ र तत्कालका लागि नियन्त्रण गर्नुपर्छ । जा“डरक्सीको उत्पादन र प्रयोगमा बन्द नभए नियन्त्रण गर्नुपर्छ । अस्वस्थकर खानपिनको बानीव्यहोरामा सुधार ल्याउनुपर्छ । हेपाटाइटिसजस्ता क्यान्सर बनाउन सक्ने संक्रमणविरुद्ध खोप लगाउने र रोग लागिहालेमा तत्काल उपचार गराउनुपर्छ । ताजा हरियो सागपात र मौसमअनुसारको फलफूल दिनहुँ खानुपर्दछ ।

बासी सडेगलेको तथा ढुसी परेको खाद्य पदार्थ, रासायनिक मल, किटनाशक औषधी र अखाद्य रङ प्रयोग भएको खानेकुरामा बन्देज लगाउनपर्छ । सक्रिय दैनिक जीवन अपनाउने र आफ्नो स्वास्थ्यप्रति सचेत भई बेला बेलामा स्वास्थ्यकर्मीस“ग परामर्श लिने बानी बसाल्नुपर्छ । त्यस्तै, स्वस्थ हुनका लागि औषधोपचारको साथै जीवनमा अरु पक्षहरूले अहं भूमिका खेल्ने गर्दछन् । जसमा चिकित्सक नर्सका सद्व्यवहार, परिवारको स्याहारसुसार, आफन्त र साथीहरूको शुभकामनाले पनि स्वास्थ्यमा सुधार र सकारात्मक असर परी रोगीको मनोबल बढ्छ ।

फलस्वरूप रोगस“ग लड्ने क्षमता बढ्दै जान्छ । माया र ममताको अभावमा मानिस त्यतिकै पनि रोगी हुन सक्छ । कुनै रोगीले माया र ममता प्रचुर मात्रामा पायो भने औषधि बन्न सक्छ । तसर्थ, आफन्त र परिवारजनको मायाले रोगीको बा“की जीवन मानसिक सन्तुष्टिका साथ बिताउन मनोवल बढ्छ ।
मृत्युको पर्याय मानिने क्यान्सरको रोकथाम गर्न सरकार र सरोकारवाला संघसस्थाको बाहै्र बज्ने भएकाले तीनको आश गर्नुभन्दा स्वयं नागरिक नै सचेत हुनु जरुरी छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal