सिमभञ्ज्याङमा हिउँ : हेटौँडा-काठमाण्डौ तर्फको यातायात अवरुद्ध

२०७७ माघ २५ गते, आईतवार

२५, काठमाडौं । त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको छ ।
सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने जोखिम देखिएकाले रोकिएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।
मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी गरीएको छ । अहिले वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट गएका सय्यौँ गाडी सिमभञ्ज्याङ र अघोरमा रोकिएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal