युवा संघ नेपालद्वारा संयोजक दिपशिखालाई कारवाही, निष्कासनको घोषणा

२०७७ माघ २५ गते, आईतवार

माघ २५, काठमाडौं । नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संयोजक रामप्रसाद सापकोटा (दिपशिखा)लाई निश्कासनको घोषणा गरेको छ । युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको उपस्थितिमा केन्द्रीय समिति बैठकले रामप्रसाद सापकोटा (दिपशिखा)लाई निश्कासन गरेको हो ।

संयोजक रामप्रसाद सापकोटाले संगठनको हित विपरीत काम गरेको, गुठ सिर्जना गरेको भन्दै युवासंघ नेपालले कारवाही गरेको हो । आज ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा केन्द्रीय समिति बैठकले दिपशिखालाई कारवाही गरेको हो।

युवा संघकोे बैठकलाई सह संयोजक रमेश पौडेलले अध्यक्षता गरीरहेका छन । बैठकमा नया संयोजक कसलाई तोक्ने भनेर छलफल भईरहेकोे बुझिएको छ । बैठकले केन्द्रिय युवा नेताहरुको जिम्मेवारी हेरफेर र केन्द्रिय समित विस्तार गर्ने बुझिएको छ । युवासंघ नेपालको बैठक जारी छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal