युवासंघ नेपालको पुनर्गठन तयारी, संयोजकमा रमेश पौडेल र महासचिव रोशन वस्नेतको चर्चा

२०७७ माघ २५ गते, आईतवार

माघ २५, काठमाडौं । नेकपाको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले पुनर्गठनको तयारी थालेको छ । ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा बसिरहेको केन्द्रीय समिति बैठकले युवा संघ नेपाल पुनर्गठन गर्न लागेको हो ।

बैठकले युवासंघको संयोजकमा रमेश पौडेललाई तोक्ने तयारी गरेको सिएनएन एक्प्रेसलाई रीपोर्ट प्राप्त भएको छ । त्यसै गरी बैठकबाट युवासंघको प्रभावशाली युवा नेता एवंम स्थाई कमिटि सदस्य रोशन वस्नेतलाई महासचिव बनाउने चर्चा चलेको छ ।

अन्य पदाधीकारीको टुङगो लगाउन बैठक बसिरहेको छ । पदाधीकारीका लागि प्रभात विक्रम कटुवाल, उर्मिला सुनुवार, किरण पौडेल, बचन सिंह र नृपेन्द्र महतको चर्चा चलिरहेको छ । युवासंघ नेपालको बैठकले केन्द्रिय सदस्यको पनी विस्तार गर्ने जनाएको छ ।
आजकै बैठकले संयोजक रामप्रसाद सापकोटालाई संगठनको हित विपरीत काम गरेको, गुठ सिर्जना गरेको भन्दै निश्कासन गरेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal