मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पेस हुने भएपछि, प्रदेश १ को बैठक अवरुद्ध
२०७७ माघ २५ गते, आईतवार

माघ २५, काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । सत्तापक्षका सत्ता पक्षका सांसदहरुले विरोध जनाएपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाएको हो ।
अपराह्न सुरु भएको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री शेरधन राई पक्षधरले उठेर बैठक अवरुद्ध पारेका थिए। सभामुख भण्डारीले पटक-पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक स्थगित भएको घोषणा गरेका छन् ।
आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची थियो ।अर्को बैठक फागुन ९ गतेका लागि तोकिएको छ ।