प्रचण्ड-नेपाल पक्षका विद्यार्थी सडकमा, ‘दु:खी नेपाली-अस्तव्यस्त नेपाल’ लेखेको पत्र सार्वजनिक
२०७७ माघ २५ गते, आईतवार

माघ २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले काठमाण्डौमा प्रदर्शन गरेका छन्। राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि भन्दै अनेरास्ववियूले आइतबार दिउँसो हनुमानस्थानमा प्रदर्शन गरेका हुन्। उनीहरूले दु:खी नेपाली अस्तव्यस्त नेपाल’ भन्दै विरोध पत्रमा लेखेका छन्।
अनेरास्ववियूकी नेतृ आरती लामाले विरोध पत्र सिंहदरबारभित्र गएर दिने आफूहरूको कार्यक्रम रहेको बताइन्। तर विरोध पत्र बुझ्न नमानेको भन्दै अनेरास्ववियूले सडकबाटै उक्त पत्र सार्वजनिक गरेको छ।