पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु
२०७७ माघ २५ गते, आईतवार

माघ २५, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।
गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।