तौलिहवामा प्रधानमन्त्री ओलीको पुतला दहन, प्रहरीको हस्तक्षेप
२०७७ माघ २५ गते, आईतवार

माघ २५, कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालले संसद पुनःस्थापनाको माग गर्दै कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवालगायत पकडी, विजयनगर, चन्द्रौटा र कृष्णनगरमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको भन्दै जसपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ । जसपाको केन्द्रीय निर्देशन अनुसार तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रधानमन्त्रीको पुतला दहन गरिएको थियो । प्रधानमन्त्रीको पुतला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।