प्रधानमन्त्री केपी ओली समृद्धिको अभियानबाट भागे : वर्षमान पुन

२०७७ माघ २५ गते, आईतवार

माघ २५, स्याङजा । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओली पार्टीले चुनावी घोषणापत्रमार्फत अघि सारेका समृद्धिको अभियानबाट भागेको बताएका छन। ‘ओली जनमतबाट, समृद्धिको अभियानबाट र कम्युनिष्ट आन्दोलनबाट भागेको भगौडा हो’, पुनले भने ।

ओलीले सत्ता प्राप्तिका लागि मात्र गणतन्त्र, धर्मनिरपेक्षा, समावेशीता, सामाजिक न्यायका एजेण्डा स्वीकार गरेको पुनको भनाइ छ । तर, ती राजनीतिक एजेण्डामा ओलीको स्वामित्व नरहेको आरोप पुनले लगाए । यस्तै ओलीले सत्ता र शक्तिका प्राप्तिका लागि मात्र पार्टी एकता गरेको घटनाक्रमले पुष्टि भएको दाबी पुनले गरे ।

ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको चर्चा गर्दै पुनले अदालतले संसद पुनस्र्थापना गर्ने बताए ।
पुनले संसद पुर्नस्थापनापछि प्रधानमन्त्री ओलीले निर्वाचन घोषणापछि गरेका सबै नियुक्ति र असंवैधानिक निर्णय खारेज गरिने स्पष्ट गरे । पुनले आफूहरु सत्ताका लागि नभई ओलीको स्वेच्छाचारिता र निरंकुशताविरुद्ध तथा संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धी रक्षाका लागि आन्दोलनमा होमिएको बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal