सरकार पक्षका वकिललाई प्रधानन्याधीशले रोक्दै भने- ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न’?

२०७७ माघ २६ गते, सोमबार

माघ २६, काठमाडौं । संसद विघटनविरुद्ध परेका १३ वटा रिट उपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । बहसमा आइतबारबाट सरकारी पक्षका वकिलहरुका लागि १५ मिनेटको समय तोकिएको छ ।

सोमबार सरकारतर्फका नीजि वकिलहरुले सरकारले गरेको संसद विघटनको पक्षमा र रिट निवेदकको विपक्षमा बहस गरिरहेका छन् । सुरुमा बहस गर्न आएका ईश्वरीप्रसाद भट्टराईलाई १५ मिनेट समय तोके । उनले ३० मिनेट बहस गरेपछि प्रधानन्यायाधीश जबराले बहस टुंग्याइहाल्न आग्रह गरे । ३० मिनेटपछि बहस अघि बढाउन थाल्दा भट्टराईलाई बाँकी विषय बहस नोटमा दिनुस्, अर्को साथीलाई गाइड गर्नुस् भनिरहे ।

भट्टराईले म टुंग्याइहाल्छु भन्दै बहस अघि बढाउन खोज्दा प्रधानन्यायाधीश जबरा आवेशमा नै आए । ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?’ भनी प्रश्न गरे ।
भट्टराईपछि बहसमा आएका अधिवक्ता महेश नेपालले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार हुने भन्दै बहस गर्दै थिए । जबराले उनलाई पनि रोक्दै भने, ‘यो विषय धेरैचोटि आइसक्यो ।’ भन्दै सरकारी पक्षका अधिवक्ता भट्टराईलाई रोकिन र आफ्नो बाध्यतालाई बुझिदिन आग्रह गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal