कांग्रेस संसद पुनःस्थापना र निर्वाचन दुबै विकल्पको सामना गर्न तयार छ : निधि

२०७७ माघ २६ गते, सोमबार

माघ २६, वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस पार्टी प्रतिनिधिसभा पुनःस्थापना भएपनि निर्वाचन भएपनी दुबै दुई विकल्पको सामना गर्न तयार रहेको बताएका छन । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगञ्जमाआयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा संकट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनर्स्थापना या निर्वाचनमा जानुपर्ने बताए ।

कांग्रस नेता निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए । उनले कांग्रेस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal