प्रतिनिधिसभा विघटन र नियुक्ति विरुद्धमा विवेकशीलले गर्यो जुत्ता झुण्ड्याएर प्रदर्शन

२०७७ माघ २६ गते, सोमबार

माघ २६, काठमाडौं । विवेकशील नेपाली दलले प्रतिनिधिसभा विघटन र संसदीय सुनुवाई विनै संवैधानिक आयोगमा भएको नियुक्ति विरुद्ध माईतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

विवेकशीलले सोमबार ‘विधि विधान नकुल्च’ भन्ने नारासहित जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो । विवेकशील नेपाली दलले संसद विघटन भएदेखि प्रदर्शन गर्दै आएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal