ओली समूहले बनायो बचन सिंहलाई युवा संघको अध्यक्ष [सुचि सहित]

२०७७ माघ २७ गते, मंगलवार

माघ २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको राष्ट्रिय युवा संघ नेपालले बचनबहादुर सिंहलाई अध्यक्ष बनाएको छ। काठमाडौमा २५ गते देखी जारी केन्द्रिय कमिटीको बैठकले अध्यक्ष लगाएत अन्य पदाधिकारीको टुङो लागेको हो। बैठकले संगठन को बिधान संसोधन गरि सह-अध्यक्षको व्यवस्था गरेको छ । युवा संघ नेपाले सह अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ ।

बैठकले उपाध्यक्ष, महासचिव, उपमहासचिव ,सचीव, कोषाध्यक्ष, सह-कोषाध्यक्ष गरि विभिन्न पदमा पनि पदाधिकारी टुङाएको छ।

उपाध्यक्षमा रोशन बस्नेत, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम, सुमन पुरीलाई ल्याईएको छ । महासचिब रमेश आचार्य बनेका छन भने उपमहासचिवमा रामजी सापकोटार र रमेश तिवारीलाई ल्याईएको छ ।

त्यसैगरी सचिवमा सुजन राई, सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राईलाई ल्याईएको छ ।

युवा संघ नेपालले कोषाध्यक्षमा मुकेश बुढाथोकीलाई चयन गरेको छ । सह कोषाध्यक्षमा हिमेश के.सि र राकेस लामा चुनिएका छन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal