ताप्लेजुङ केन्द्रविन्दू भएर ५.४ रेक्टर स्केलको भूकम्प

२०७७ माघ २७ गते, मंगलवार

माघ २७, काठमाडौं । आज बिहानै ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा केन्द्रविन्दु बनाएर बिहान ७:३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो । भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएको थियो । ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको भए पनि के कति क्षति भन्ने यकिन विवरण आइसकेको छैन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal