पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय

२०७७ माघ २७ गते, मंगलवार

माघ २७, काठमाडौं । सरकारकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal