माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०७७ माघ २७ गते, मंगलवार

माघ २७, काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।
यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal