सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढ्यो

२०७७ माघ २७ गते, मंगलवार

माघ २७, काठमाडौं । सुनको भाउ आज एकै दिन १५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९० हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज एकै दिन १५ सय रुपैयाँले बढेर तोलाको ९१ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ४० रुपैयाँ पुगेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal