निर्वाचन आयोगबाट फर्किएका प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय तर्फ मोडिए

२०७७ माघ २७ गते, मंगलवार

माघ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगबाट फर्किएपछि सिदै शितल निवास तर्फ मोडिएका छन । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालयबाट सोझै शितल निवास गएका थिए।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन प्रधानमन्त्री ओली शितल निवास गएका हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले आजै कान्तिपथमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिएका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal