सेयर बजारमा २९.०१ अंकको करेक्सन, नेप्से परिसूचक २५३२.४६ अंकमा झर्यो

२०७७ माघ २७ गते, मंगलवार

माघ २७, काठमाडौं । लगातार बढेर हालसम्मकै सबैभन्दा माथिल्लो विन्दुमा पुगेको नेप्से परिसूचकमा मंगलबार करेक्सन देखिएको छ ।ट्रेडरहरुलले नाफा बुक गर्दा नेप्से सूचक सामान्य प्रभावित भएको हो । मंगलबार अधिकांश उपसूचक नकारात्मक देखिएका छन् ।

यो दिनको कारोबारमा विकास बैंक र फाइनान्सबाहेक सबै उपसूचकहरु घटेका छन् ।
कारोबार रकम पनि यो दिनमा घटेको छ । आज ८ अर्ब १४ करोड २६ लाख ९१ हजार १९३ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता सेयर किनबेच भएको छ ।

खरिदबिक्री रकममा ३४ करोडभन्दा बढीसहित ग्रामीण विकास लघुवित्त अग्रस्थानमा रहेको छ । दोस्रोमा प्रभु बैंक परेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal