अबदेखि विदेशी लगानी भित्र्याउन राष्ट्र बैङ्कको पूर्वस्वीकृति नचाहिने

२०७७ माघ २८ गते, बुधबार

माघ २८, काठमाडौं । अबदेखि विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको पूर्वस्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी लागनी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ अनुसार उद्योग विभाग वा लगानी बोर्डले स्वीकृति दिएपछि सहजै विदेशी लगानी भित्र्याउन पाइनेछ ।

यसअघि विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैङ्कसँग पूर्वस्वीकृति लिनु अनिवार्य थियो । कतिपयले त्यस्तो व्यवस्थाले गर्दा लगानीकर्तालाई झन्झट हुने गरेको गुनासो गर्दै आइरहेका थिए ।

पूर्वाधार विकासका लागि नेपालमा लगानीको आवश्यकता हुँदै आए पनि विदेशी लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । विदेशी लगानी आकर्षित हुन नसक्नुमा अप्ठेरो सरकारी नीतिकलाई संशोधन गर्नुपर्ने माग उठ्दै आइरहेको छ ।

नयाँ व्यवस्था अनुसार लगानी स्वीकृत भएपछि विदेशी मुद्रा विदेश पठाउनुअघि राष्ट्र बैङ्कलाई जानकारी गराउनुपर्ने व्यवस्था कायम राखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal