दाहाल–नेपाल समूहले बृहत प्रदर्शन गर्दै, ५ ठाउँबाट जुलुस निकाल्ने, दुई लाख कार्यकर्ता उतार्ने दाबी

२०७७ माघ २८ गते, बुधबार

माघ २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्प कमल दाहाल प्रचण्ड तथा माधब कुमार नेपाल (दाहाल–नेपाल) समूहले बुधवार काठमाडौंमा बृहत् शक्ति प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले आज बृहत् प्रदर्शन र सभा हुने दावी गरेको छ ।

प्रचण्ड, नेपाल समूहले रत्नपार्क–भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागेको छ । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न प्रचण्ड-माधवले गर्नेछन् । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा ओसारिएको छ । विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ ।

दलहरुले लगातार मुख्य शहरमा प्रदर्शन गर्न थालेपछि व्यावसायी तथा सर्वसाधारणले भने सास्ती खेप्न थालेका छन् । ट्राफिक प्रहरी महाशाखाले आज विभिन्न ठाउँबाट ¥याली, जुलुस र आमसभा हुने भएकोले बैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal