ओलीलाई मार्क्सवादमाथि विश्वास छैन, पशुपतिनाथको मूर्तिमाथि विश्वास छ : वरिष्ठ नेता खनाल

२०७७ माघ २८ गते, बुधबार

माघ २८, काठमाडौं । नेकपा दाहाल–नेपालसमूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई मार्क्सवादमा विश्वास हुन छाडेर पशुपतिनाथको मूर्तिमाथि विश्वास हुन थालेको बताएका छन ।

बुधबार काठमाडौंमा दाहाल(नेपाल समूहद्वारा काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै नेता खनालले ओलीलाई मार्क्सवादमा विश्वास हुन छाडेर पशुपतिनाथको मूर्तिमाथि विश्वास हुन थालेको बताए ।

केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसके । अब पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसिके । मार्क्सवादमाथि विश्वास छैन, भविष्यमाथि विश्वास छैन । ओलाई अब पशुपतिनाथको मूर्तिमाथि विश्वास छ,’ खनालले भने ।

अहिलेको लडाइँ ओलीको प्रतिगामी कदमविरुद्ध भएको खनालको भनाइ छ । ‘यो आन्दोलन प्रतिक्रान्तिका विरुद्ध, सम्पूर्ण नेपाली जनताको आन्दोलन हो । यो क्रान्ति हो । प्रतिक्रान्ति भएको देशमा । त्यो प्रतिगनम हो,’ उनले भने,’त्यसका विरुद्ध अर्को क्रान्ति गर्दैछौं । ओलीको तानाशाही प्रवृत्तिविरुद्ध हो । सिंगो देशका जनताको आन्दोलन हो ।

अहिलेको आन्दोलनलाई निष्कर्षमा पुर्याएर मात्रै नेकपाले विश्राम लिने खनालले बताए । उनले नेपाली कांग्रेस र जसपालाई संयुक्त आन्दोलनमा आउन पनि आग्रह गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal