मदन भण्डारीको नाम जप्ने ओली अहिले पशुपतिको मन्त्र जप्नतिर लागेछन : नेपाल

२०७७ माघ २८ गते, बुधबार

माघ २८, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताएका छन् । बुधबार प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीले संविधानको हत्या गरेपछि उनी पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने बताए ।

नेपालले देशैभर भएका ओली विरुद्धका आन्दोलनले ओली कमजोर भइसकेको पनि बताए । उनले मदन भण्डारीको नाम जप्ने ओली अहिले पशुपतिको मन्त्र जप्नतिर लागेको टिप्पणी गरे । ‘केपी ओलीजी तपाइँ मदन भण्डारीको नाम जप्नुहुन्छ, त्यो नाम विर्सनु भएको छ । अब पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ । पशुपतिनाथले राम्रो गर्नेलाई मात्र रक्षा गर्छन् । पाप गर्नेलाई पशुपतिले रक्षा गर्दैनन्, चेतना भयो’ नेपालले भने।

केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएकोछ, नेता नेपालले भने, तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ, जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । आम नेपाली जनताले भनेका छन् । केपी ओलीलाई धिक्कार छ । पशुपतिनाथले पनि भन्लान केपी ओलीलाई धिक्कार छ ।’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal