अर्को पटक १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्नु नपरोस : दाहाल

२०७७ माघ २८ गते, बुधबार

माघ २८, काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि जनताको भावना नबुझे लाखौँको जनताले बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिएका छन।

बुधबारको विरोध सभामा बोल्दै अध्यक्ष दाहालले अब पनि ओलीले नबुझे बालुवाटार र सिंहदरबार घेर्ने बताएका हुन। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले सभा कस्तो हुन्छ हामी देखाउँछौँ भन्नुहुन्थ्यो । केपी जी १ देख्नुभयो सभा कस्तो हुँदो रहेछ रु देख्नुभयो प्रदर्शन कस्तो हुन्छ ? अझै पनि तपाइँले जनतालाई बुझ्नु भएन भने १० लाख जनताले बालुवाटार र सिंहदरबार घेर्नेछन् ।’

बुधबारको उपस्थिति सर्वोच्चका न्यायाधीशहरूले पनि देखेको बताउँदै अध्यक्ष दाहालले अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे। लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशले पनि राम्रोसँग देख्नुभएको छ । जनताले के चाहेका छन्, यो जनभावनालाई हेर्नुभएको छ र ढिलो नगरी लोकतन्त्र र संविधानको पक्षमा फैसला दिनुहुनेछ’ प्रचण्डको भनाई छ ।

उनले जनताको भावनाविपरित केही काम गरियो भने दूर्भाग्य हुने चेतावनी पनि दिए । ‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ रु’ प्रचण्डको प्रश्न छ । उनले आफुहरु कानुनी राज्यको मान्यतामा दृढ रहेको भन्दै त्यसैका लागि नयाँ संविधान बनाइएको बताए । ‘नेपालको लागि कस्तो संविधान बनायो भने राजनीतिक स्थयित्व र जनताको हित हुन्छ भनेर बनाइएको हो । यदि त्यसो भएन भने आँधी आउँछ हुरी चल्छ’ प्रचण्डको चेतावनी छ ।

अध्यक्ष दाहालले ओलीलाई अझै पनि जनताले थोरै ठाउँ दिन्छन् भन्दै राजिनामा दिएर पश्चातापको वक्तव्य जारी गर्ने सुझाव समेत दिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal