म्यानमारमा ‘कू’ गर्ने सैनिक नेतृत्वमाथि अमेरिकाको प्रतिबन्ध घोषणा

२०७७ माघ २९ गते, बिहीबार

माघ २९, काठमाडौं । अमेरिकाले म्यानमारका सैन्य नेतृत्वहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा सैन्य कू गर्ने नेताहरुमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन।

कार्यकारी आदेश अनुसार सैन्य नेतृत्व, उनीहरुका परिवारका सदस्य र उनीहरुसँग जोडिएका व्यवसायलाई निशाना बनाइएको छ । यसैगरी अमेरिकामा रहेका एक अर्ब अमेरिकी डलर बराबरको सरकारी कोषमा म्यानमार सेनाको पहुँचमा पनि प्रतिबन्ध लगाइएको जनाइएको छ ।
प्रजातन्त्रवादी नेतृ आङसाङ सुची लगाएतका नेताहरुको रिहाई र प्रजातन्त्र पुनर्वहालीको माग राख्दै म्यानमारमा लगातार प्रदर्शन भईरहेको समयमा अमेरिकाले सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

यो प्रतिबन्ध सेनाको नेतृत्व गरिरहेका व्यक्तिको परिवारका सदस्यमा पनि लागू हुने बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडेनले यो हप्ता नै पहिलो चरणमा प्रतिबन्धमा परेका व्यक्तिहरुको सूची तयार पार्ने बताईएको छ । आवश्यक परेमा थप कदम पनि चाल्ने बताउँदै बाइडेनले प्रजातन्त्रका लागि प्रदर्शनमा सहभागिहरुमाथि हुने कुनै पनि प्रकारको हिंसा वा ज्यादती स्वीकार्य नरहेको चेतावनी दिएका छन। एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal