विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित

२०७७ माघ २९ गते, बिहीबार

माघ २९, काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका सेवाग्राही आन्दोलित भएका ।

सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापरबाही गरेको भन्दै सिमकोटका स्थानीय सेवाग्राहीले आन्दोलन गरेका हुन् ।

सिमकोटमा साँझ ४ बजेदेखि राति १० बजे सम्म दिनहुँ आपुर्ती रोकिएको हुन्छ । विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या बनाएको त्यस स्थानियवासिको गुनासो छ । लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई विद्युत् भार कटौतीको मारले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न बाधा पुगेको स्थानीयवासीको आरोप छ ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले भने हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत् भार कटौतीको मार खेप्नुपरेको बताउदै आएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal